ग्रिन भेन्चर्सको नाफा १९ करोड ४५ लाख, प्रतिसेयर आम्दानी कति ?
ग्रिन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्ष पहिलो त्रैमाससम्म १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ५३ लाख ८४ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । यस अवधिसम्म आइपुग्दा कम्पनीले विद्युत बिक्री गरेर ५२ करोड ५ लाख १७ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले विद्युत उत्पादन सुरु गरेको थिएन । विद्युत बिक्री बढ्दा नाफा पनि बढेको हो ।
कम्पनीको चुक्ता पूँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ रहेको छ । रिटेन अर्निङमा ८ करोड ३१ लाख ६२ हजार रूपैयाँ रहेको छ । पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २३ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १०२.६६ रुपैयाँ पुगेको छ ।
Comments