नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनका लागि मंसिर २१ गते बुकक्लोज गर्दैछ । त्यसैले, आज मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको वार्षिक साधारण सभा पुस ७ गते हुँदैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
Comments