नेप्सेमा करिब २६ अङ्कको गिरावट, कारोबार रकम १ अर्ब ६७ करोड मात्र!

आज सोमबार २६.४६ अङ्कले घटेर १.२५%  गिरावटका साथ नेप्से परिसूचक १९३६.६४ अंकमा बन्द भएको छ। कारोबार भएका २४० कम्पनीमध्ये १४ कम्पनी उकालो लागेका छन्, १८१ कम्पनी ओरालो लागेका  छन् भने ४ कम्पनी स्थिर  रहेका छन्।

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा  सयपत्री हाईड्रोपावर रहेको छ, जसको ३.१२% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा अजोड इन्सुरेन्स रहेको छ, जसको सेयर मूल्य ७.३७% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा  र भोलुममा रिडी पावर कम्पनीको कारोबार भएको छ।

Comments

Back to top