सानिमा बैंकको सेयर मूल्य समायोजन पछिको भाउ कति ?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंकको सेयरमूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछि यसको भाउ २४७.१८ रूपैयाँ कायम भएको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २७१.९० रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरेको हो ।
Comments