रिडी पावर कम्पनीको सेयर कारोबार फुकुवा, आजबाट किनबेच गर्न सकिने
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले रिडी पावर कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । यसको सेयर कारोबार आज सोमबारबाट पुनः सुरु हुनेछ । रिडीले दोस्रो बजारमा सेयर कारोबार भइरहेको समयमा सञ्चालक समितिको बैठक बसी मूल्य संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले बुधबारदेखि सेयर कारोबार रोक्का गरेको थियो । सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको थियो ।
कम्पनीले मंसिर ६ गते बिहान ११ बजे सञ्चालक समिति बैठक गरी आर्थिक वर्ष २०७८/७९ को लागि ४० प्रतिशत बोनस र उक्त बोनसको कर प्रयोजनार्थ २.१० प्रतिशत नगद दिने निर्णय गरेको थियो। कम्पनीले उक्त निर्णय भने नेप्सेलाई दिउँसो ३ बजेर ५५ मिनेटमा गराएको थियो।
Comments