नेप्सेमा २६ लाख ७९ हजार कित्ता हकप्रद सेयर सूचीकृत
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले भदौ ६ गते देखि २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।
आइतबार नेप्सेमा सूचीकृत उक्त हकप्रद शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
Comments