नेप्सेमा करिब २ अङ्कको वृद्धि, कारोबार रकम १ अर्ब ५६ करोड मात्र!

आज आइतबार २.१६ अङ्कले बढेर ०.११% वृद्धिका साथ नेप्से परिसूचक १९६३.२२ अंकमा बन्द भएको छ। कारोबार भएका २४३ कम्पनीमध्ये ९७ कम्पनी उकालो लागेका छन्, ८९ कम्पनी ओरालो लागेका  छन् भने १३ कम्पनी स्थिर  रहेका छन्।

कारोबार भएका ९ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा धौलागिरी लघुवित्त रहेको छ, जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा  नेस्डो लघुवित्त रहेको छ, जसको सेयर मूल्य ६.११% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा नबिल बैंक र भोलुममा  हिमाल दोलखा हाईड्रोपावरको कारोबार भएको छ।
 

Comments

Back to top