नेप्से इन्ट्राडे अपडेट: ९.५८ अङ्कको वृद्धि!

आज नेप्से बजार भारी अंकले बढेको  छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९७० को नजिक आएको छ। ९.५८ अङ्कले बढेर नेप्से परिसूचक १९७०.६४ मा आएको हो। आज २ घण्टामा लगभग ६४ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा  धौलागिरी लघुवित्त रहेको  छ जसको ६.०५ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  बोट्लर्स नेपाल (तराई)  रहेको छ जसले ३.९५ % गुमाएको छ।

Comments

Back to top