प्रिओपन सेसनमा झिनो अंकको वृद्धि!
आज प्रिओपन सेसनमा नेप्से ०.०१ अंकले बढेको छ l
अघिल्लो साता केही अङ्कले बढेर १९६१.०६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९६१.०७ मा खुलेको हो। ५५३ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ३ लाख १२ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज ११ कम्पनीको कारोबार हुँदा ४ कम्पनी बढेर कारोबार भएका छन्।
Comments