तेह्रथुम पावरको साधारण सभा पुस १० गते, के के छन् एजेण्डा ?
तेह्रथुम पावर कम्पनी लिमिटेडले पुस १० गते साधारणसभा डाकेको छ । सभा होटल हार्दिक, बागबजार काठमाडौँमा बिहान ११:३० बजेदेखि सुरु हुने छ । सभामा आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
सभाबाट नयाँ सञ्चालकहरुको चयन समेत हुनेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मंसिर २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर २४ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
Comments