सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, मंसिर १८ गतेसम्म कायम सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले वार्षिक साधारण सभा पुस ३ गते बोलाएको छ । सभा आम्रपाली बैक्ङ्क्वेट, बालुवाटार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा गत आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ
सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा,नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
Comments