नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा आज, लाभांश प्रस्ताव पारित हुँदै

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आज मंसिर १८ गते गर्दैछ । सभा कम्पनको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०:३० बजेदेखि सुरू हुनेछ।सभाबाट कम्पनीको सञ्चालक समितीको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ८ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Comments

Back to top