यस हप्ता नेप्सेमा बन्यो 'बुलिश माराबोजु', आगामी हप्ता नेप्से कता लाग्ला?
गत साता घटेको नेप्से यो साता भने १.४२% ले बढेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १९३९.०९ को बिन्दुमा खुलेको नेप्से १९६१.०६ को उच्च बिन्दुसम्म पुगेको थियो। नेप्सेले यस साता करिब २८ अङ्क हासिल गर्यो। हप्ताको अन्तिम कारोबार दिन लगभग ११ अंक बढेर नेप्से १९६१.०६ मा बन्द भएको छ।
यस साताको टप गेनर्स (Top Gainers)
यस साताको टप लुजर्स (Top Losers)
यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )
टप ब्रोकर
प्राविधिक विश्लेषण
NEPSE WEEKLY UPDATE: DEC 3, 2022
अघिल्लो साता 'बियरिश ड्रयागनफ्लाई डोजी क्यान्डल' बनाउँदै ओरालो लागेको नेप्सेले यो साता भने 'बुलिश माराबोजु क्यान्डल' बनाएको देखिन्छ जसले बजार खरिदकर्ताको पकडमा आउन थालेको सङ्केत गर्छ। यस साताको क्लोजिंग मिडल ब्याण्ड भन्दा थोरै माथि भएको छ तर ब्याण्ड भने स्थिर रहेको देखिन्छ जसले बजारमा उतारचढाव पनि स्थिर रहेको जनाउँछ। एमएसिडि लाईन बढेर जिरो लाइन भन्दा तल –८६.७७ मा आएको छ र हिस्टोग्राम बढेर पोजिटिभ २५.४१ मा पुगेको छ जसले बजारमा खरिद बढिरहेको देखाउँछ । सिग्नल लाईन भने बढेर जिरो लाईन भन्दा तल –११२.१८ मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ र दुई डिएमआई लाईनले एक अर्कालाई छुन आँटेका छन् जसले 'बुलिश क्रसओभर' हुन लागेको देखिन्छ । साथै, बजारमा खरिद बढी भएको बुझाउँछ। आरएसआइ बढेर ४४.५८ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम बढेको देखिन्छ ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १८६० को एरिया हुन्छ भने नेप्सेको अवरोध १९९० को एरिया देखिन्छ।
Comments