विदेशी कम्पनीलाई चीनमा लगानीका लागि स्वागत गर्ने: चिनियाँ प्रधानमन्त्री

विदेशी फर्म वा कम्पनीले चीनमा लगानी गर्न चाहेमा यसको स्वागत गरिने चीनले जनाएको छ ।

खछ्याङ, चीनका प्रधानमन्त्रीले  बिहीबार बेइजिङमा युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलसँग भेटवार्ता गर्दै चीनमा लगानी जारी राख्न विदेशी कम्पनीहरूलाई स्वागत गरेको बताएका हुन्। बजार–आधारित र कानुन–आधारित अन्तर्राष्ट्रिय व्यापार वातावरणलाई बढावा दिन जारी राख्ने र सबै प्रकारका कम्पनीहरूलाई समान र निष्पक्ष रूपमा व्यवहार गर्ने विश्वास गरिएको छ ।

उक्त अवसरमा चीनले शान्तिपूर्ण रूपमा सङ्कट समाधान गर्ने हरेक प्रयासलाई समर्थन गर्ने र रचनात्मक भूमिका निर्वाह गरिरहने चिनियाँ नेता लीले बताए। मिसेलले इयूले एक चीन नीति लाई पछ्याएको र ईयू–चीन नेताहरूको पछिल्लो बैठकलाई सफल बनाउन उत्सुक रहेको जानकारी दिएका हुन्।
 

Comments

Back to top