सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो .
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।
Comments