नेप्सेमा करिब ३ अङ्कको गिरावट, कारोबार रकम ८४ करोड २६ लाख मात्र !
आज बुधबार ३.५१ अङ्कले घटेर ०.१८% गिरावटका साथ नेप्से परिसूचक १९४९.८५ अंकमा बन्द भएको छ। कारोबार भएका २३८ कम्पनीमध्ये ६४ कम्पनी उकालो लागेका छन्, १२४ कम्पनी ओरालो लागेका छन् भने ६ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा ग्रिनलाइफ हाईड्रो पावर रहेको छ, जसको ४.१७ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी इकुइटी रहेको छ, जसको सेयर मूल्य ५.७६% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा हिमालयन डिस्टिलरी र भोलुममा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको कारोबार भएको छ।
Comments