नेप्से इन्ट्राडे अपडेट: ७.७५अङ्कको गिरावट!
आज नेप्से बजार केहि अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९४५ को नजिक आएको छ। ७.७५ अङ्कले घटेर नेप्से परिसूचक १९४५.६० मा आएको हो। आज २ घण्टामा लगभग साढे ३३ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा कुमारी धनवृद्धि योजना रहेको छ जसको ३.७५ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा दोर्दी खोला जलविद्युत कम्पनी रहेको छ जसले ३.२४ % गुमाएको छ।
Comments