मेगा बैंक नेपाल लिमिटेडको लाभांश परिमार्जन, नगद घट्यो
मेगा बैंक नेपाल लिमिटेडको लाभांश परिमार्जन भएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश परिमार्जन गर्दै स्वीकृत गरेको हो । यस अघि बैंकले हाल कायम चुक्तापूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ३.८३ प्रतिशतले हुने आउने ६१ करोड ७४ लाख रुपैयाँ बरबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
राष्ट्र बैंकले यसलाई संशोधन गर्दै बैंकले ४ प्रतिशतका दरले हुन आउने ६४ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ३.७९ प्रतिशत अर्थात ६१ करोड २ लाख रुपैयाँ नगद लाभांश गरी कुल ७.७९ प्रतिशत मात्रै लाभांश स्वीकृत गरेको हो ।
Comments