नेप्सेमा ८ लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत  भएको छ । कम्पनीको ८ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यसले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४.२० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । बोनस मंगलबार नेप्सेमा सूचीकृत भएको हो । उक्त शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

Comments

Back to top