अमेजनको दोस्रो ठूलो निर्णय!

ऐडटेक पछि, अमेजनले अब भारतमा खाना वितरण व्यवसाय बन्द हुने जनाएको छ । सो खाना वितरण सेवा डिसेम्बर २९ देखि उपलब्ध नहुने भएको छ। 

भारतमा एडटेक ब्यापार पछि ई-कमर्स कम्पनी अमेजनले अब आफ्नो खाना वितरण व्यवसाय बन्द गर्ने निर्णय गरेको छ। रिपोर्टका अनुसार,अमेजनले शुक्रबार,नोभेम्बर २५ का दिन आफ्नो रेस्टुरेन्ट साझेदारहरूलाई डिसेम्बर २९ देखि आफ्नो खाना वितरण सेवा बन्द गर्ने बताएको थियो । अमेजनले सन् २०२० को मे महिनादेखि आफ्नो खाद्यान्न वितरण व्यवसाय सुरु गरेको थियो।

अमेजनले आफ्नो रेस्टुरेन्ट पार्टनरहरूलाई मेल गरेर यसबारे जानकारी दिएको हो।  

Comments

Back to top