नेप्से इन्ट्राडे अपडेट: लगभग १ अङ्कको गिरावट!
आज नेप्से बजार केही अङ्कले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९२० को नजिक आएको छ। १.५९ अङ्कले घटेर नेप्से परिसूचक १९२०.४० मा आएको हो । आज २ घण्टामा लगभग ३२ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा घटी हो।
यस्तै, आजको टप गेनरमा घलेम्दी हाईड्रो रहेको छ जसको ५.३७ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा मैलुंग खोला जलविधुत रहेको छ जसले ४.०५ % गुमाएको छ।
Comments