नेप्सेमा करिब ७ अङ्कको गिरावट, कारोबार रकम करिब १ अर्ब नजिक!
आज बुधबार ७.७२ अङ्कले घटेर ०.४०% गिरावटका साथ नेप्से परिसूचक १९२१.९९ अंकमा बन्द भएको छ। कारोबार भएका २२३ कम्पनीमध्ये ५७ कम्पनी उकालो लागेका छन्, १२४ कम्पनी ओरालो लागेक छन् भने ७ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा सिभिल बैंक रहेको छ, जसको १० % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा स्टैंडर्ड चार्टर्ड बैंक रहेको छ, जसको सेयर मूल्य ४.७८% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर र भोलुममा नेपाल बैंकको कारोबार भएको छ।
Comments