नबिल फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम मौका

नबिल फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज बुधबार (मंसिर ७ गते) अन्तिम दिन रहेको छ ।  नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कात्तिक २३ गतेदेखि नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गरेको थियो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ७ करोड इकाईमध्ये न्यूनतम १ करोड १२ लाख वा कुला बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक र योजना व्यवस्थापकका लागि छुट्याइएको छ। जसमध्ये कोष प्रबद्र्धकलाई १४ प्रतिशत र योजना व्यवस्थापकलाई रहेको छ । सोमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गरेको हो ।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सकिनेछ।

सो फण्डको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।  फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

Comments

Back to top