नेप्से इन्ट्राडे अपडेट: लगभग ३ अङ्कको वृद्धि

आज नेप्से बजार केही अङ्कले बढेको छ।   

आज साताको पहिलो दिन नेप्से १ बजेसम्म  १९४० को नजिक आएको छ। ३.०२ अङ्कले बढेर नेप्से परिसूचक १९३९.८५ मा आएको हो । आज २ घण्टामा लगभग ६२ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी  हो।

यस्तै, आजको टप गेनरमा सामुदायिक लाघुबिता रहेको  छ जसको ५.८० % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा विन्ध्यवासिनी हाईड्रोपावर रहेको छ जसले ५.०१ % गुमाएको छ।
 

Comments

Back to top