मस्कद्वारा ट्रम्पको ट्वीटर ह्यान्डल निलम्बन फुकुवा

मस्कले शुक्रबार राति आफ्नो ट्वीटर खाताबाट एक पोलमार्फत प्रश्न सोधेका थिए: के पूर्व राष्ट्रपति ट्रम्पको ट्वीटर खाता फिर्ता हुनुपर्छ? झन्डै डेढ करोड व्यक्तिहरूले भोट हालेको उक्त पोलमा ५२% ले हुनुपर्छ भन्ने मत व्यक्त गरे भने बाँकीले हुँदैन भने। पोलको नतिजापछि मस्कले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर निलम्बन फुकुवा गरिएदिएका छन्। 

पूर्वराष्ट्रपति ट्रम्पले शनिबार लस भेगासमा आयोजित एक कार्यक्रममा आफ्नो भर्चुअल उपस्थिति देखाएका थिए, उक्त क्रममा उनले ट्वीटरको पोल र अपेक्षित निलम्बन अन्त्यप्रति खुसी व्यक्त गर्दै आफ्नो सामाजिक सञ्जालमै रहने धारणा व्यक्त गरे। निलम्बन फुकुवा भएपछि भने ट्रम्पको औपचारिक धारणा आइसकेको छैन।

 ट्वीटरको पोल र अपेक्षित निलम्बन अन्त्यप्रति खुसी व्यक्त गर्दै आफ्नो सामाजिक सञ्जालमै रहने धारणा व्यक्त गरे। निलम्बन फुकुवा भएपछि भने ट्रम्पको औपचारिक धारणा आइसकेको छैन।

ट्रम्पप्रतिको यो उदार कदमले नयाँ मालिक मस्कपछिको ट्वीटरको दिशाबारेमा संकेत दिएको धारणा विज्ञहरूले व्यक्त गरेका छन्।

Comments

Back to top