सानिमा बैंकले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा
सानिमा बैंकले वार्षिक साधारण सभा पुस ३ गते बोलाएको छ । सभा आम्रपाली बैंक्वेट, वालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि मंसिर १९ गते बुक क्लोज हुनेछ । तसर्थ, मंसिर १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Comments