एभरेष्ट बैंकको साधारण सभा मंसिर २६ गते, बुक क्लोज कहिले?
एभरेष्ट बैंकले मंसिर २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, अधिकृत पुँजी १५ अर्ब रुपैयाँ पुर्याउने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १२ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Comments