बेलायतको मुद्रास्फीति ११ प्रतिशत माथि

युक्रेन र रुस युद्धका कारण उर्जा लागत बढ्दा बेलायतमा अक्टोबर महिनादेखि मुद्रास्फीति झनै बढेको छ।

बेलायतको अर्थतन्त्रमा पनि संकट देखिएको छ। विगत १२ महिनामा बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतबाट बढेर ११.१ प्रतिशत पुगेको हो।

मुद्रास्फीतिका कारण बेलायतमा खाद्य तथा ग्यासको मूल्य अत्याधिक मात्रामा बढेको छ। एक वर्षमा ग्यासको मूल्य मात्रै १३० प्रतिशतले बढेको छ भने विद्युतको लागत ६६ प्रतिशतले बढेको छ।

बैंक अफ इंग्ल्यान्डले सन् २०२४ सम्म अर्थतन्त्र मन्दीमा जाने चेतावनी समेत दिएको छ। 

Comments

Back to top