हकप्रद निष्कासन गर्न नेशनल हाइड्रोले दियाे सेबाेनमा निवेदन
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले कात्तिक २२ गते हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको ८२ लाख २१ हजार ४५९.७१ कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
Comments