कालिञ्चोक दर्शनले आईपीओ निष्काशन गर्न सेबोनबाट पायो अनुमति
नेपाल धितोपत्र बोर्डले कालिञ्चोक दर्शन लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीलाई बोर्डले कात्तिक २३ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीले सर्वसाधारणको लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ । कम्पनीमा संस्थापककाे ४८ कराेड रूपैयाँ लगानी रहेकाे छ । सर्वसाधारणलाई १२ कराेड रूपैयाँ बराबरकाे आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी ६० कराेड रूपैयाँ पुग्नेछ ।
Comments