ट्वीटर कार्यलय केही दिनका लागि बन्द

ट्विटरले कर्मचारीहरूलाई कम्पनीको कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गरिने जनाएको छ। कामदारहरूलाई नोभेम्बर २१ सोमबारदेखि कार्यालयहरू खुल्ने बताईएको छ ।

ट्विटरका नयाँ मालिक एलन मस्कले कर्मचारीहरुलाई लामो समयसम्म काम गर्न वा जागिर छोड्न आह्वान गरेपछि ठूलो संख्यामा कर्मचारीहरूले काम छाडेका थिए । त्यसको केही दिनपछि ट्वीटरको कार्यलय बन्द हुने भएको हो ।

कर्मचारीलाई पठाइएको सन्देशमा भनिएको छः 'कृपया सामाजिक सञ्जाल, प्रेस वा अन्य ठाउँमा कम्पनीको गोप्य जानकारीको बारेमा छलफल नगरी कम्पनी नीतिको पालना गर्न जारी राख्नुहोस्।'

यो साता मस्कले ट्वीटरका कर्मचारीहरूलाई लामो समयसम्म काम गर्न प्रतिबद्ध हुनुपर्ने वा कम्पनी छोड्नु पर्ने बताएका थिए । 
कामदारहरू कार्यलयमा बस्न चाहेमा वाचामा सहमत हुनुपर्ने मस्कले बताएको वाशिंगटन पोस्टले जनाएको छ ।

 

Comments

Back to top