उन्नति सहकार्य लघुवित्तको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति?

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ८९ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ७१ लाख ४२ हजार खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन नाफा १० लाख ९६ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड २ लाख ३ हजार रूपैयाँ रहेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी पनि ९.८१ प्रतिशतले घटेर ५ करोड ५४ लाख १० हजार रुपैयाँ पुगेको छ । लघुवित्तको चुक्ता पुँजी २२ करोड ९० लाख रुपैयाँ र जगेडा कोषमा ६ करोड ६६ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १.३४ रुपैयाँ छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ७४ पैसा रहेको छ ।

Comments

Back to top