यस हप्ता नेप्सेले बनायो 'बुलिश माराबोजु', आगामी हप्ता नेप्से कता लाग्ला?

गत साता १.४८% ले घटेको नेप्से यो साता भने २.२८% ले बढेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १८९२.९४ को बिन्दुमा खुलेको नेप्से १९३९.५६ को उच्च बिन्दुसम्म पुगेको थियो। नेप्सेले यस साता करिब ४३ अङ्क हासिल गर्यो। हप्ताको अन्तिम कारोबार दिन लगभग २५ अंक बढेर नेप्से १९३६.८३ मा बन्द भएको छ।

यस साताको टप गेनर्स (Top Gainers)

यस साताको टप लुजर्स (Top Losers)

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )

टप ब्रोकर

प्राविधिक विश्लेषण

NEPSE WEEKLY UPDATE: NOV 18, 2022

 

अघिल्लो साता 'बियरिश शुटिंग स्टार क्यान्डल' बनाउँदै ओरालो लागेको नेप्सेले यो साता भने  'बुलिश माराबोजु क्यान्डल' बनाएको देखिन्छ जसले बजार खरिदकर्ताको पकडमा रहेको सङ्केत गर्छ। यस साताको क्लोजिंग मिडल ब्याण्ड भन्दा थोरै तल भएको छ तर ब्याण्ड भने स्थिर रहेको देखिन्छ जसले बजारमा उतारचढाव  स्थिर रहेको जनाउँछ। एमएसिडि लाईन बढेर जिरो लाइन भन्दा तल – १०५.२८ मा आएको छ र हिस्टोग्राम बढेर पोजिटिभ १८.६९ मा पुगेको छ जसले बजारमा बिक्रीको साथै खरिद बढिरहेको देखाउँछ ।  सिग्नल लाईन भने बढेर जिरो लाईन भन्दा तल -१२३.९८ मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ र –१४ डिएमआई लाईन माथि फर्किन लागेको देखिन्छ जसले बजारमा खरिद बढी भएको बुझाउँछ। आरएसआइ ३८.५४ बाट बढेर ४२.३०  मा आएको छ जसबाट आरएसआइको मोमेन्टम बढेको देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १८६० को एरिया हुन्छ भने  नेप्सेको अवरोध १९९० को एरिया देखिन्छ।

Comments

Back to top