एनसीसी बैंकको साधारण सभा आज,लाभांश प्रस्ताव पारित हुँदै

एनसीसी बैंकको वार्षिक साधारण सभा आज शुक्रबार (मंसिर २ गते) नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बस्दैछ । सभा बिहान १० बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट बैंक सञ्चाल समितिले प्रस्ताव गरेको ३.३६ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।


त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १५ गते बुक क्लोज गरेको छ । हाल कुमारी र एनसीसी बैंक मर्जर सम्झौतामा रहेका छन् ।

Comments

Back to top