पिपुल्स पावर १ लाख ४५ हजार नोक्सानमा

पिपुल्स पावर कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनी १ लाख ४५ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको अन्मातिम त्रैमासमा कम्पनी २१ लाख २२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । असोज मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी ५ करोड ५ लाख ८८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको यस्तो आम्दानी १७ लाख ९८ हजार रुपैयाँ रहेको थियो । यसले अहिल सम्म विद्युत् बिक्री गरेको छैन ।

पिपुल्स पावरको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहको छ भने जगेडा कोष १ करोड ६५ लाख रुपैयाँले ऋणात्मक छ । यसको प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ३९ पैसा छ ।

Comments

Back to top