नेप्सेमा करिब २५ अङ्कको वृद्धि, कारोबार रकम साढे १ अर्ब नजिक!

आज बिहीबार २५.५७ अङ्कले बढेर १.३४%  वृद्धिका साथ नेप्से परिसूचक १९३६.८३ अंकमा बन्द भएको छ। कारोबार भएका २२३ कम्पनीमध्ये १७२ कम्पनी उकालो लागेका छन्, १३  कम्पनी ओरालो लागेक छन् भने २ कम्पनी स्थिर  रहेका छन्।


कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।


प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा सिक्लेस हाईड्रोपावर  रहेको छ, जसको  १० % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा  फर्वर्ड  माइक्रोफाईनान्स रहेको छ, जसको सेयर मूल्य २.९७% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर र भोलुममा  रिडी पावरको  कारोबार भएको छ।

Comments

Back to top