नेप्से इन्ट्राडे अपडेट: लगभग १५ अङ्कको वृद्धि

आज नेप्से बजार भारी अङ्कले बढेको छ।   

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म  १९२५ को नजिक आएको छ। १५.१८ अङ्कले बढेर  नेप्से परिसूचक १९२६.७७ मा आएको हो । आज २ घण्टामा लगभग ८१ करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी  हो।

यस्तै, आजको टप गेनरमा  सिक्लेस हाईड्रोपावर  रहेको  छ जसको १० % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  फर्वर्ड माइक्रोफाईनान्स  रहेको छ जसले  ४.०५ % गुमाएको छ ।

Comments

Back to top