फरवार्ड लघुवित्तको नाफा ६३ प्रतिशतले घट्यो

फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३ करोड ३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६३.८० प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ८ करोड ३९ लाख २४ हजार खुद नाफा आर्जन गरेको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन नाफा भने ऋणात्मक छ । समीक्षा अवधिमा संस्थाको सञ्चालन नाफा ४ करोड ८५ लाख ६० हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १३ करोड १८ लाख ८० हजार रूपैयाँ रहेको थियो ।

संस्थाको खुद व्याज आम्दानी पनि २४.२८ प्रतिशतले घटेर २० करोड ६६ लाख ३१ हजार रुपैयाँ पुगेको छ । लघुवित्तको चुक्ता पुँजी ८४ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ८९ करोड २१ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १४.३९ रुपैयाँ छ भने संस्थाको प्रतिसेयर नेटवर्थ ३२४ रुपैयाँ ७ पैसा रहेको छ ।

Comments

Back to top