यूनिभर्सल पावरको कस्तो छ वित्तीय अवस्था ?

यूनिभर्सल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कम्पनीले ६ करोड ४ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यसले १ करोड २४ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १२ करोड ४८ लाख आम्दानी गरेको छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २२ करोड ५६ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.५१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ७४ पैसा पुगेको छ । 

Comments

Back to top