दोर्दी खोला जलविद्युतको नाफा ७९ हजार, प्रतिसेयर आम्दानी कति ?

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कम्पनीले ७९ हजार ६ सय ४६ रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा ४ लाख ८८ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । 

कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १ करोड ८५ लाख ४८ हजार रुपैयाँ जम्मा छ । दोर्दीको वार्षिक प्रतिसेयर आम्दानी ३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ७६ पैसा छ । 

Comments

Back to top