जी २० सम्मेलनः सहभागीको चासो युक्रेन युद्ध!

विश्वका ठूला औद्योगिक देशहरूको समूह जी २० का नेताहरूको १७औँ शिखर सम्मेलन इन्डोनेसियाको राजधानी बालीमा जारी छ । सम्मेलनको मुख्य मुद्दा युक्रेन बनेको छ । सम्मेलनमा सहभागीले युक्रेनमाथि रुसी हमलाको विरोध गरेका छन् ।

युक्रेन युद्धले विश्वव्यापी अर्थतन्त्रलाई कमजोर बनाएको भन्दै जी २० घोषणाको मस्यौदामा अधिकांश देशहरूले युक्रेन  आक्रमणको ‘कडा निन्दा’ गरेका छन् ।
बेलायतका प्रधानमन्त्री ऋषी सुनकदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रोले रुसी हमलाको निन्दा गरेका छन् ।

विभिन्न देशले आलोचना गरिरहँदा  रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले जी २० सम्मेलन सुरक्षाका विषय छलफल गर्ने स्थान नभएको भन्दै बैठकले विश्वका आर्थिक चुनौतीलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।

यसअघि युक्रेनका राष्ट्रपति भ्लादिमिर पुटिनले एक भर्चुअल सम्बोधनमा रुसले युद्ध लम्बाएको बताएका थिए । सम्मेलनका क्रममा विभिन्न देशका नेताहरूबीच द्विपक्षी तथा वहुपक्षीय भेटवार्ता भएका छन् । 

के हो जी २० ?

जी २० ठूलो औधोगिक देशहरूको समूह हो । युरोपेली युनियन र १९ देशहरुः बेलायत, अमेरिका अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया र टर्की यसका सदस्य हुन् भने स्पेन अतिथिको रुपमा सहभागी हुन्छ । जी २०  देशहरूले विश्वको आर्थिक उत्पादनको ८५ प्रतिशत र विश्व व्यापारको ७५ प्रतिशत योगदान गर्दछन् । त्यस्तै, विश्वव्यापी जनसंख्याको दुई तिहाई जनसंख्या जी २० अन्तर्गतका देशको छ । जी ७ को पहिलो बैठक सन् २००८ मा आयोजना गरिएको थियो । जी २० नेताहरूले अर्थतन्त्रदेखि दिगो ऊर्जा, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय ऋणलगायतका मुद्दामा छलफल गर्छन् । 

हरेक वर्ष फरक जी २० का फरक सदस्यले अध्यक्षता लिन्छ र बैठकका लागि एजेन्डा तय गर्छ । यो बैठकपछि भारतले अध्यक्षता लिने तयारी गरेको छ ।
 

Comments

Back to top