ट्विटरको विज्ञापनहरू खरिद उच्च जोखिममा!

विज्ञापन एजेन्सीका अनुसार ट्विटर प्लेटफर्ममा विज्ञापनहरू किन्नु उच्च जोखिममा रहेको छ। यसले विभिन्न समस्याहरु उत्पन्न गर्न सक्ने एजेन्सीहरु बताउँछन्। आईपीजी र ओम्निकम मिडिया समूह दुबैले प्लेटफर्ममा विज्ञापनहरू रोक्न सिफारिस गरेपछि यसले ठूलो कर्पोरेटहरूलाई समस्या उत्पन्न गर्ने बताईएको छ।  

एलन मस्कको ट्विटर अधिग्रहणपछि उक्त विज्ञापन एजेन्सी धेरै विशिष्ट चीजहरूको बारेमा चिन्तित छ। यसले ठूलो संख्यामा ट्विटरका कार्यकारीहरूले छोडेको वा बर्खास्त गरिएको बारेमा पनि चिन्ता व्यक्त गरेको छ। 

ट्विटरका  प्रयोगकर्ताहरुले अहिले कम्पनीको प्रिमियम ब्लू सदस्यता सेवा किन्न सक्दैनन् किनभने कम्पनीले त्यो कार्यक्रम अस्थायी रूपमा निलम्बन गरेको छ । यसले पनि ट्विटरमा उच्च जोखिम निम्त्याउने संभावना रहेको छ।

Comments

Back to top