नेप्सेमा करिब १३ अङ्कको वृद्धि, कारोबार रकम ८२ करोड नजिक!

आज बुधबार १३.४० अङ्कले बढेर ०.७१%  वृद्धिका साथ नेप्से परिसूचक १९११.२६ अंकमा बन्द भएको छ। कारोबार भएका २३२ कम्पनीमध्ये १४१ कम्पनी उकालो लागेका छन्,३८  कम्पनी ओरालो लागेक छन् भने ७ कम्पनी स्थिर  रहेका छन्।

कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा सिक्लेस हाईड्रोपावर  रहेको छ, जसको  १० % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा  जनउत्थान  सामुदायिक लघुवित्त रहेको छ, जसको सेयर मूल्य ४.१३% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभरमा रिडी पावर र भोलुममा न्गादी ग्रुप कारोबार भएको छ।

Comments

Back to top