प्रिओपन सेसनमा झिनो अंकको वृद्धि

आज प्रिओपन सेसनमा नेप्से ०.८४ अंकले बढेको छ l

हिजो मंगलबार भारी अङ्कले घटेर १८९७.८६ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८९८ .७० मा खुलेको हो। ११ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब दश लाख बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम  हो ।

आज  १०  कम्पनीको कारोबार हुँदा ६ कम्पनी बढेर कारोबार भएका छन्।

Comments

Back to top