नेको इन्स्योरेन्सको नाफा ६ करोड ७१ लाख, प्रतिसेयर आम्दानी कति?

नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६ करोड ७१ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यहि अवधिमा कम्पनीको मुनाफा ७ करोड १९ लाख थियो । कम्पनीको मुनाफा ६.६३ प्रतिशतले घटेको हो ।

त्यस्तै खुद बीमा शुल्क आर्जन पनि ८.९ प्रतिशतले घटेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन ४४ करोड ४९ लाख रुपैयाँ हुँदा कुल बीमा शुल्क आर्जन भने ८२ करोड ८४ लाख रुपैयाँ छ । खुद दाबी भुक्तानी भने ७.१७ प्रतिशतले गिरावट आएको छ । समिक्षा अवधिमा कम्पनीले १८ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

नेकोको चुक्ता पूँजी १ अर्ब ७४ करोड रुपैयाँ छ । जगेडा कोषमा ५१ करोड ९७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ छ ।

Comments

Back to top