प्रिमियर इन्स्योरेन्सको कस्तो छ वित्तीय अवस्था ?
प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिसम्म यसले ७ करोड ७९ करोड लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको ८ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २० करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले २५ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
बीमा कोष ८७ करोड ९३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले ११ करोड ५१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । प्रतिशेयर आम्दानी २५ रुपैयाँ ४० पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २ सय ९ रुपैयाँ ९६ पैसा रहेको छ । यसको पूँजी १ अर्ब २२ करोड रुपैयाँ छ भने जगेडा कोषमा ४२ करोड ३५ लाख रुपैयाँ संचिती रहेको छ ।
Comments