सानिमा जनरल इन्स्योरेन्सको नाफा ७० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा ७० प्रतिशतले बढेको छ । यस अवधिसम्म यसले ४ करोड १३ करोड लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्ष २ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ८ करोड ८६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ६ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । बीमा कोष १८ करोड ६३ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीले २ करोड ५२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ६७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । यसको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा १७ करोड १३ लाख रुपैयाँ संचिती रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ३७ रुपैयाँ ३७ पैसा रहेको छ ।
Comments