राधी विद्युत कम्पनीको नाफा १८ प्रतिशतले बढ्यो
राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। असोज मसान्तसम्ममा कम्पनीले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.४५ प्रतिशत घटेर ४ करोड ९२ हजार कायम भएको छ । प्रतिशेयर आम्दानी १ रुपैयाँ ९८ पैसा बढेर १२ रुपैयाँ ७३ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ २१ पैसा रहेको छ । कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार रुपैयाँ रहेको छ । यसको अन्य इक्विटी १८ करोड २६ लाख रुपैयाँ रहेको छ।
Comments