जापानको अर्थतन्त्र तेस्रो त्रैमासमा अप्रत्याशित रूपले संकुचित

आधिकारिक तथ्याङ्कक अनुसार जापानको अर्थतन्त्र सेप्टेम्बरसम्मको तीन महिनामा अनपेक्षाकृत ढंगले संकुचित भएको हो। 

अर्थतन्त्र तेस्रो त्रैमासिकमा अप्रत्याशित रूपमा संकुचित हुनुको कारण उच्च आयात, कमजोर मुद्रा र तेल जस्ता वस्तुहरूको मूल्य उकालो लग्नु हो। यसले विश्वको तेस्रो ठूलो अर्थतन्त्रमा असर पारेको छ। 

त्यस्तै,  सरकारी तथ्याङ्कले देखाए अनुसार जुलाई देखि सेप्टेम्बरसम्म, जापानको कूल घरेलु उत्पादन त्रैमासिकमा ०.३ प्रतिशतले संकुचित भएको छ ।

रुसले युक्रेनमा आक्रमण गर्नुअघि जापानी मुद्रा डलरको तुलनामा करिब ११५ डलरबाट झरेर मङ्गलबार १ सय ४० को हाराहारीमा पुगेको छ, जुन गत महिना तीन दशककै न्यून विन्दुमा पुगेको थियो।

येनको गिरावटको मुख्य कारण बैंक अफ जापानको अडानले गर्दा भएको हो जुन  लामो समयदेखि मौद्रिक सहज नीतिहरूमा अडिग रहेको छ।   त्यसैगरी, यूएस फेडरल रिजर्भले मुद्रास्फीतिलाई सम्बोधन गर्न अनियंत्रित दर वृद्धिको श्रृंखला बनाएको कारणले पनि यस्तो भएको हो ।

साढे दुई वर्षको कोभिड–१९ सीमा प्रतिबन्धपछि जापानले अक्टोबरमा विदेशी पर्यटकका लागि आफ्नो सिमाना पूर्ण रूपमा खोलेको छ । विश्लेषकहरूले उपभोगमा वृद्धि हुने भविष्यवाणी गरे पनि जापानले आफ्नो व्यापार सन्तुलनका कारण मन्दीको सामना गरिरहेको छ।  

Comments

Back to top