नेप्सेमा करिब ६ अङ्कको गिरावट, कारोबार रकम १ अर्ब नजिक!

आज मंगलबार ६.५९ अङ्कले घटेर ०.३५% गिरावटका साथ नेप्से परिसूचक १८९७.८६ अंकमा बन्द भएको छ। कारोबार भएका २२९ कम्पनीमध्ये ४३ कम्पनी उकालो लागेका छन्, १३३ कम्पनी ओरालो लागेक छन् भने ९ कम्पनी स्थिर  रहेका छन्।

कारोबार भएका १०  उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा  सिटिजन्स म्युचल फन्ड रहेको छ, जसको ४.५८ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा  तारागाउँ होटेल रहेको छ, जसको सेयर मूल्य ८.५६% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर हिमालयन डिस्टिलरी र भोलुममा कारोबार  गरिमा विकास बैंक भएको छ।

Comments

Back to top